विमानस्थल प्रशासनको निर्देशन: बिदाइमा बढीमा ३ जना मात्र
Prime TV News एक महिना अगाडि 
काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक यात्रुको बिदाइमा बढीमा तीन जनासम्म मात्र आउन पुनः आग्रह गरेको छ। विमानस्थल परिसरभित्र बढ्दो भीड नियन्त्रण गर्न यस्तो सूचना जारी गरिएको हो।
विमानस्थल प्रशासनका अनुसार एक यात्रु बिदाइका लागि कहिलेकाहीँ १० जनासम्म आफन्त आउने गरेका कारण अत्यधिक भीड हुने गरेको छ। यसले यात्रु आवागमनमा असहजता हुनुका साथै सुरक्षा चुनौती समेत बढाएको प्रशासनले जनाएको छ।
प्रशासनले यसअघि पनि पटक–पटक यस्तै अनुरोध गर्दै आएको भए पनि भीडमा खासै कमी नआएको बताइएको छ। त्यसैले अबदेखि एक यात्रुको बिदाइमा बढीमा तीन जना मात्र आउन आग्रह गरिएको हो। विमानस्थलले स्वदेशी तथा विदेशी यात्रुहरूको सहज आवागमनका लागि सबैको सहयोग आवश्यक रहेको जनाएको छ।







