सुन र चाँदीको मूल्य आज फेरि वढ्यो
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेपाली बजारमा सुन र चाँदीको मूल्य आज फेरि बढेको छ। एकैदिन सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ र चाँदीको मूल्य ८५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदीको मूल्य तोलामा ४ हजार ९६० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार सुन तोलामा २ लाख ९४ हजार ७ सय रुपैयाँ र चाँदी ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्य बढिरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन करिब ५ हजार ३०० अमेरिकी डलर र चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको असर नेपाली बजारमा पनि देखिएको हो।







