भेटघाट व्यवस्थालाई लिएर मन्त्री पौडेलको स्पष्टिकरण, भेटघाट बन्द भएको छैन

User Image Prime TV News ४ घण्टा अगाडि
Image of भेटघाट व्यवस्थालाई लिएर मन्त्री पौडेलको स्पष्टिकरण, भेटघाट बन्द भएको छैन

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले मन्त्रालयमा भेटघाटसम्बन्धी विषयलाई लिएर फैलिएको भ्रमप्रति असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै केही स्वार्थ समूहहरूले गलत हल्ला फैलाएको आरोप लगाएका छन्।

मन्त्री पौडेलले मन्त्रालयमा भेटघाट बन्द गरिएको भन्ने कुरा गलत भएको स्पष्ट पारे। उनका अनुसार नागरिकलाई सहज बनाउन अनलाइनमार्फत समय लिने व्यवस्था सुरु गरिएको हो, तर यसले अन्य तरिकाबाट भेट्न रोक लगाएको होइन। उनले भने, आवश्यक परे आजकै दिन वा केही घण्टा अघि पनि भेटघाटको समय मिलाउन सकिन्छ।

उनले मन्त्रालय सधैं सर्वसाधारणका लागि खुला रहने बताए। साथै, आकस्मिक समस्या, गुनासो वा सुझाव दिनका लागि जुनसुकै बेला पनि मन्त्रालयमा आउन सकिने उनले जानकारी दिए। यसका लागि उनले आफ्नो व्यक्तिगत मोबाइल नम्बरसमेत सार्वजनिक गरेका छन्।

तर, मन्त्री पौडेलले काम बिना केवल औपचारिक भेटघाटका लागि मन्त्रालय नआउन आग्रह गरेका छन्। उनले सुधारका प्रयासलाई अनावश्यक विवादमा नतान्न सबैलाई सचेत गराएका छन्।