लेबनन आक्रमणपछि तनाव बढ्यो, इजरायलको इरानलाई कडा चेतावनी

User Image Prime TV News २ घण्टा अगाडि
Image of लेबनन आक्रमणपछि तनाव बढ्यो, इजरायलको इरानलाई कडा चेतावनी

काठमाडौ । मध्यपूर्वमा स्थिति झन् खतरनाक दिशातर्फ जाँदैछ। इजरायलले लेबननमा गरेको आक्रमणपछि इरानसँगको तनाव चर्किएको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले यदि इरानले इजरायलमाथि हमला गर्ने हिम्मत गर्छ भने त्यसको परिणाम निकै कठोर हुने बताएका छन् ।

लेबननमा गरिएको आक्रमणलाई उनले हेजबुल्लाहमाथि ठूलो प्रहार भएको दाबी गरेका छन्। इजरायलको भनाइ अनुसार उक्त समूहलाई कमजोर पार्ने उद्देश्यले हमला गरिएको हो।

रक्षामन्त्री काट्जले दिएको जानकारीअनुसार बुधबारको आक्रमणमा २०० भन्दा बढी मानिस मारिएका छन्। तर इजरायलले ती सबैलाई ‘आतंकवादी’ भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको देखिन्छ, जुन अन्तर्राष्ट्रिय रूपमा गम्भीर प्रश्न उठाउने विषय हो।