पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

User Image Prime TV News ६ घण्टा अगाडि
Image of पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमाडौ । नेपाल आयल निगमले बिहीबार रातिदेखि पुनः पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर १७ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँले मूल्य बढाएको हो ।

पश्चिम एसिया अशान्तिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि र संकटको प्रभाव नेपाली भान्सासम्मै देखिएको हो । यसपटक निगमले खाना पकाउने ग्यासको पनि मूल्यवृद्धि गरेको छ । यसअनुसार प्रतिसिलिन्डर १०० रुपैयाँ बढेको छ । त्यसैगरी हवाइ इन्धन आन्तरिकतर्फ ६ रुपैयाँले मूल्य बढेको छ ।

योसँगै पेट्रोल प्रतिलिटर २१९, डिजेल मट्टितेल २०७ रुपैयाँ पुगेको छ । एलपी ग्यासको १४.२ किलोको २०१० रुपैयाँ र ७.१ किलोको १००५ रुपैयाँ पुगेको छ । त्यस्तै हवाइ इन्धन आन्तरिकतर्फको २५७ रुपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ ।

खुद्रा बिक्री मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रुपमा ७ अर्ब ८१ करोड घाटा हुने दाबी गरिएको छ । सरकारले इन्धनको भन्सार शुल्क र पूर्वाधार विकास करमा २४ गतेदेखि ५० प्रतिशत छुट दिएपछि नयाँ मूल्य सार्वजनिक गरेको हो ।