राष्ट्रपतिले आज संसद्लाई सम्बोधन गर्दै, अधिवेशन अन्त्यको तयारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। यो सम्बोधन शुक्रबार दिउँसो ३ बजेका लागि तय गरिएको छ।
संघीय संसद् सचिवालयका अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्। यस्तो सम्बोधन नेपालको नेपालको संविधान को धारा ९५ अनुसार हुने व्यवस्था छ, जसले राष्ट्रपतिलाई संसद्को बैठकमा सम्बोधन गर्ने अधिकार दिएको छ।
आजको सम्बोधनसँगै संसद्को चालु हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी पनि गरिएको छ। उपसभामुख चयन प्रक्रिया पूरा भएपछि दुवै सदनको अधिवेशन अन्त्य गरिने संसद् सचिवालयले जनाएको छ। सरकारले अब हिउँदे अधिवेशन टुंग्याएर आगामी बजेट अधिवेशनको तयारी अघि बढाउने योजना बनाएको छ।







