रास्वपाले गर्यो श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार शाहलाई पदमुक्त
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार शाहलाई पदमुक्त गरिएको छ । पार्टी सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय अनुशासन आयोगले कारबाही गर्न सिफारस गरेको भन्दै दीपक कुमार शाहलाई फिर्ता बोलाउन प्रधानमन्त्री बालेन शाहलाई सिफारिस गरेका हुन् ।
मन्त्री साहमाथि पछिल्लो समय विभिन्न विवाद जोडिँदै गएपछि उनलाई पदमुक्त गरिएको हो । प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्री साहका केही गतिविधि मन्त्रालयको जिम्मेवारीसँग नमिल्ने खालका देखिएका छन्। विशेषगरी, विदेश पठाउने कन्सल्टेन्सीसँग उनको संलग्नता रहेको तथा शंकास्पद भेटघाटमा सहभागी भएको सूचनाहरू प्रधानमन्त्रीसमक्ष पुगेपछि उनीमाथि निगरानी बढाइएको हो। यसले सरकारभित्रै उनको भूमिकामाथि प्रश्न उठाएको छ।
यसैबीच, मन्त्री साहकी श्रीमती जुनु श्रेष्ठ पनि विवादमा तानिएकी छन्। स्वास्थ्य बीमा बोर्डबाट हटाइएकी उनी पुनः सदस्यको रूपमा बैठकमा सहभागी भएको विषयले थप चर्चा चुलिएको छ। स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत गराईएको छ ।








