केपी ओलीको पित्तथैलीको शल्यक्रिया आउँदो साता

User Image Prime TV News एक महिना अगाडि
Image of केपी ओलीको पित्तथैलीको शल्यक्रिया आउँदो साता

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार वा मंगलबार गरिने भएको छ। चिकित्सकहरू हाल शल्यक्रियाको तयारी र समयबारे छलफलमा छन्। ओली अहिले त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत छन्।

अस्पतालका सहायक प्रवक्ता कालीबहादुर रोस्याराका अनुसार, यदि उनका पिसाब संक्रमण निको भए सोमबार नै शल्यक्रिया सम्भव छ। उनले भने, “उहाँको स्वास्थ्य अवस्था अहिले स्थिर छ। हामी सोमबार वा मंगलबार शल्यक्रिया गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छौं।”

ओलीलाई पित्तथैलीमा समस्या देखिएको थियो। प्रहरी नियन्त्रणमा राख्दा स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। बिहीबार प्रहरीले उनलाई परिवारको जिम्मा लगाएर छोडिसकेको छ।