रास्वपाको समर्थनमा उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवी कुमारीले उम्मेदवारी दर्ता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुवी कुमारीले उम्मेदवारी दर्ता गरेकी छन्।
उनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन गर्ने बताएका थिए। पछिल्लो समय सत्तारुढ रास्वपाले पनि रुवी कुमारीलाई समर्थन गर्ने निर्णय गरेको छ। रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले पत्रकारहरूलाई यसबारे जानकारी दिएका छन्।
उम्मेदवारी दर्ता गर्ने समय संघीय संसद् सचिवालयले बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकेको थियो। रुवी कुमारीको उम्मेदवारीमा आर्यन राई प्रस्तावक र अशोककुमार चौधरी (रास्वपा) तथा अम्बिकादेवी निरौला (श्रम संस्कृति पार्टी) समर्थक रहेका छन्।







