राप्रपा उपसभामुखको उम्मेदवारी दिने तयारीमा

User Image Prime TV News २ दिन अगाडि
Image of राप्रपा उपसभामुखको उम्मेदवारी दिने तयारीमा

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपसभामुख पदको उम्मेदवारी पेश गर्न तयारी गरेको छ । पार्टीका एक नेताका अनुसार समानुपातिक सांसद सरस्वती लामालाई यस पदका लागि उम्मेदवार बनाउने योजना अघि बढाइएको छ।

प्रतिनिधिसभा सभामुख हाल रास्वपाबाट भएकाले संवैधानिक व्यवस्था अनुसार उपसभामुख फरक दल र लिंगको व्यक्तिलाई रोजिनु पर्छ। यसै कारणले राप्रपाले उपसभामुखको उम्मेदवारीमा रास्वपाबाट सम्भावित समर्थन पाउन रणनीति तय गर्दै आएको छ।

रास्वपा सभापति रवि लामिछाने र संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच यस विषयमा संवाद पनि भइसकेको छ। राप्रपाका एक शीर्ष नेताका अनुसार, “रास्वपाले समर्थन दिने संकेत दिएको छ। अब हाम्रो पार्टी भित्र छलफल गरेर अन्तिम निर्णय लिनेछौं।”

पहिलोपटक संसदमा प्रवेश गरेको श्रमसंस्कृति पार्टीले पनि उपसभामुख पदका लागि मनोनयन फारम दर्ता गरिसकेको छ। तर, वैचारिक रूपमा रास्वपाप्रति कडा प्रश्न उठाउँदै आएको कारणले, रास्वपाले श्रमसंस्कृति पार्टी भन्दा राप्रपालाई प्राथमिक समर्थन गर्ने सम्भावना बढी देखिएको छ।