विपक्षी दलले प्रतिनिधिसभा उपसभामुखमा उम्मेदवारी दिने तयारी

User Image Prime TV News एक घण्टा अगाडि
Image of विपक्षी दलले प्रतिनिधिसभा उपसभामुखमा उम्मेदवारी दिने तयारी

काठमाडौ । प्रतिनिधिसभाको उपसभामुखको लागि विपक्षी दलहरूले उम्मेदवारी दिने तयारी गरिरहेका छन्। मुख्य रूपमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले आन्तरिक छलफलमा रहेका छन्।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीका अनुसार, संविधानअनुसार सभामुख र उपसभामुख एउटै पार्टीका हुनु हुँदैन। “हामीले सभामुखमा सर्वसम्मत भएर विपक्षीको धर्म निर्वाह गरेका छौँ। अब सत्तापक्षले विपक्षीलाई दिने अवसरमा सहसम्मत बनाउने प्रयास गर्ने हाम्रो विश्वास छ,” उनले बताए।

हालसम्म उपसभामुखमा उम्मेदवारी दिने कि नदिने र कुन पार्टीबाट दिने भन्ने विषयमा औपचारिक निर्णय भएको छैन। नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। संघीय संसद् सचिवालयले बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उपसभामुख मनोनयनको कार्यतालिका तय गरेको छ। सभामुख डोलप्रसाद अर्यालले शुक्रबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन हुने घोषणा गरेका थिए।

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी सहज बहुमतमा रहेको छ। त्यसैले यस पार्टीले समर्थन गर्ने उम्मेदवार नै उपसभामुख हुने निश्चित छ।