ओलीलाई हालै डिस्चार्ज गर्न नमिल्ने, स्वास्थ्य अझै निगरानीमा

User Image Prime TV News एक महिना अगाडि
Image of ओलीलाई हालै डिस्चार्ज गर्न नमिल्ने, स्वास्थ्य अझै निगरानीमा

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाल काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। प्रहरी नियन्त्रणमा लिँदा स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

बिहीबार बिहान उनलाई परिवारको जिम्मा लगाइएको भए पनि अस्पतालले अहिले डिस्चार्ज गर्न नमिल्ने जनाएको छ। अस्पतालका सहप्रवक्ता कालीबहादुर रोस्याराका अनुसार ओलीको पित्तथैलीमा समस्या छ र पिसाबमा संक्रमण देखिएको छ। उनी अझै केही दिन चिकित्सकको निगरानीमा रहनुपर्ने अवस्था छन्।

सहप्रवक्ता रोस्याराले भने, “उहाँको स्वास्थ्यमा सुधार भइसकेको छैन, आजै डिस्चार्ज सम्भव छैन।”