ओली र लेखकलाई परिवारको जिम्मा, अनुसन्धान जारी

User Image Prime TV News ४ घण्टा अगाडि
Image of ओली र लेखकलाई परिवारको जिम्मा, अनुसन्धान जारी

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक लाई बिहीबार परिवारको जिम्मा लगाइएको छ। प्रहरीले भने उनीहरूले आवश्यक अनुसन्धानका लागि उपस्थित हुने सर्तमा जिम्मा पाएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराई का अनुसार ओलीलाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाटै जिम्मा दिइएको छ भने लेखकलाई नेपाल प्रहरीको दुई नम्बर गणबाट जिम्मा दिइएको हो।

ओली र लेखकलाई चैत १४ गते भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिइएको थियो। उनीहरूलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनको आधारमा पक्राउ गरिएको थियो। प्रहरीका अनुसार अनुसन्धान अझै जारी छ र उनीहरू परिवारको जिम्मामा रहेर आवश्यक समयमा उपस्थित हुनेछन्।