स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँले घटेको हो।
आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन यो मूल्य २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला चाँदी १५० रुपैयाँले घटेर ४ हजार ८७५ रुपैयाँमा आइपुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य ५ हजार २५ रुपैयाँ रहेको थियो।
व्यापारीहरूले अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्यमा गिरावट आएको बताएका छन्। बजारमा सुनचाँदीको मूल्य अझै उतारचढाव रहन सक्ने ब्यवसायीहरुले बताएका छन्।







