बादलले प्रयोग गरेको भाषा एमालेको नीति र शैलीसँग मिल्दैनः खिमलाल भट्टराई
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेकपा एमाले भित्र नेताहरूबीच मतभेद देखिन थालेको छ। कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले दिएको अभिव्यक्तिप्रति केन्द्रीय सदस्य खिमलाल भट्टराईले असन्तुष्टि जनाएका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत बादलले प्रयोग गरेको भाषा एमालेको नीति र शैलीसँग नमिल्ने बताएका छन्। उनले ‘कब्जा’, ‘आक्रमण’ र ‘दुश्मन’ जस्ता शब्द एमालेको विचारसँग मेल नखाने उल्लेख गरेका छन्। उनका अनुसार एमाले शान्तिपूर्ण प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी हो।
बादलले भने पोखरामा आयोजित कार्यक्रममा पार्टीभित्रैबाट कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाएका थिए। उनले उपाध्यक्ष विष्णुप्रसाद पौडेल प्रति पनि टिप्पणी गरेका थिए। भट्टराईले अहिलेको अवस्थामा पार्टीलाई एकताबद्ध बनाउने शैली आवश्यक रहेको बताएका छन्। उनले युद्धकालीन जस्तो भाषा प्रयोग गर्नु उचित नभएको बताएका छन्।
यस विषयमा एमालेभित्र यसअघि पनि छलफल भइसकेको थियो। नेताहरूले बादलको अभिव्यक्तिबारे असहमति जनाएका थिए।







