विष्णु पौडेललाई बादलको जवाफ–आफूले संसदमा दिएको धारणा पार्टीको लाइन अनुसार नै हो
Prime TV News ७ घण्टा अगाडि 
काठमाडौ । नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले आफूले संसदमा दिएको धारणा पार्टीको लाइनअनुसार नै भएको बताएका छन्। कास्कीमा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले आफ्नो अभिव्यक्तिपछि पार्टीभित्र केही भ्रम सिर्जना भएको पनि स्वीकार गरे। उनका अनुसार केन्द्रीय सचिवालयले पछि जारी गरेको वक्तव्यले थप अन्योल बढाएको छ। थापाले उपाध्यक्ष विष्णु पौडेलप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक रूपमा आफ्नो भनाइको आलोचना गर्नु उचित नभएको संकेत गरे। उनले पार्टीभित्र केही “दक्षिणपन्थी प्रवृत्ति” देखिएको दाबी गर्दै आफ्नो अभिव्यक्तिले ती प्रवृत्तिहरूलाई बाहिर ल्याएको बताए।
उनले आफूले संसदमा दिएको धारणा बाहिरका मात्र होइन, पार्टीभित्रका “दुश्मन” विरुद्ध पनि लक्षित रहेको उल्लेख गरे। थापाले अहिले पार्टी आन्दोलनको अवस्थामा रहेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीलाई मुक्त गराउनु नै मुख्य जिम्मेवारी भएको धारणा राखे।







