प्रधानमन्त्री बालेनले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदबीच भेदभाव गरेको भन्दै एमाले सांसदको आपत्ति
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रधानमन्त्री बालेन शाहले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदबीच भेदभाव गरेको भन्दै आपत्ति जनाएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै हमालले भनिन्, प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग मात्रै भेटेर विकास र निर्माणका विषयमा छलफल गर्ने अवसर दिएको सुन्नमा आएको छ। तर समानुपातिक सांसदलाई त्यो अवसर किन दिइएन भन्ने प्रश्न उठाइन्।
साथै, उनले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहा गर्न माग गरे।







