पूर्वप्रधानमन्त्री देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

User Image Prime TV News ४ घण्टा अगाडि
Image of पूर्वप्रधानमन्त्री देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जनको विषयमा अनुसन्धान गर्दै उनीहरूविरुद्ध अदालतमा निवेदन दिएका थिए। अदालतले पक्राउ अनुमति दिएको उच्च स्रोतले जनाएको छ।

तर स्रोतका अनुसार, देउवा दम्पत्ति हाल विदेशमा रहेका कारण नेपालमा पक्राउ गर्न सकिएको छैन। यस घटनापछि सम्बन्धित निकायले देउवा दम्पत्तिको सम्पत्तिसम्बन्धी अनुसन्धानलाई निरन्तरता दिने तयारी गरेको बुझिएको छ।