कानुन व्यवसायीले अब नागरिक एपबाट पास लिएर मात्र सिंहदरबार प्रवेश पाउने

User Image Prime TV News ४ घण्टा अगाडि
Image of कानुन व्यवसायीले अब नागरिक एपबाट पास लिएर मात्र सिंहदरबार प्रवेश पाउने

काठमाडौ । अब कानुन व्यवसायीहरूले आफ्नो परिचयपत्र मात्र देखाएर सिंहदरबार प्रवेश गर्न सक्ने छैनन्। उनीहरूले नागरिक एपमार्फत गेट पास लिएर मात्र प्रवेश पाउने भएका छन्।

प्रशासकीय अदालतका रजिष्ट्रार सरोजराज रेग्मीका अनुसार, अदालतका पदाधिकारी र कर्मचारीले आधिकारिक परिचयपत्र, कानुन व्यवसायीहरूले नागरिक एपको गेट पास, मुद्दाका पक्ष वा वारेसले तारेख पर्चा र अन्य सबैले दैनिक ई–पासको आधारमा प्रवेश पाउने छन्।

पहिले कानुन व्यवसायीहरूले नेपाल बार काउन्सिलको परिचयपत्र देखाएर स्वतः प्रवेश पाउने व्यवस्था थियो। तर नयाँ नियमले कडाइ गर्दै नागरिक एपमार्फत पास लिनुपर्ने व्यवस्था लागू गरिएको छ। नयाँ नियमप्रति केही कानुन व्यवसायी असन्तुष्ट छन्।