कूटनीतिक आचारसंहिताबारे सरकारको विशेष छलफल

User Image Prime TV News ५ घण्टा अगाडि
Image of कूटनीतिक आचारसंहिताबारे सरकारको विशेष छलफल

काठमाडौ । परराष्ट्र मामिला र कूटनीतिक आचारसंहिताबारे सरकारले विशेष छलफल कार्यक्रम आयोजना गरेको छ। बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको कार्यक्रममा मन्त्रीहरू, परराष्ट्र सेवाका कर्मचारी तथा अन्य सम्बन्धित पदाधिकारी सहभागी भएका छन्।

छलफलमा कूटनीतिक आचारसंहिताको महत्त्व, यसको कार्यान्वयन कसरी प्रभावकारी बनाउने भन्ने विषय र वर्तमान परराष्ट्र मामिलाका विभिन्न पक्षबारे विचार आदानप्रदान भइरहेको छ। सरकारले कूटनीतिक अभ्यासलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेको जनाएको छ।

यसैदिन प्रधानमन्त्री बालेन शाहले नेपालस्थित विभिन्न देशका राजदूतहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ।