प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था समितिको बैठक बस्दै

User Image Prime TV News ५ घण्टा अगाडि
Image of प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था समितिको बैठक बस्दै

काठमाडौ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज सिंहदरबारमा बस्दैछ। बैठक मध्याह्न १२ बजे बहुउद्देश्यीय हलसँगै रहेको समितिको सभाकक्षमा सुरु हुने संसद् सचिवालयले जनाएको छ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न समितिको बैठक आह्वान गरिएको हो। आजको प्रतिनिधिसभा बैठकमा विभिन्न महत्वपूर्ण विषय प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ। प्रधानमन्त्री बालेन शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यक्रम छ।

त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ संसद्मा प्रस्तुत गर्नेछन्। त्यसअघि उनले उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन्। यसैगरी, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यसूची पनि रहेको छ।