सुन–चाँदीको मूल्य ह्वात्तै बढ्यो

User Image Prime TV News ५ घण्टा अगाडि
Image of सुन–चाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौ । स्थानीय बजारमा बुधबार सुन–चाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुनको मूल्य प्रतितोला ७ हजार २०० रुपैयाँले बढेको हो।

आज उपभोक्ताले एक तोला सुन किन्नका लागि २ लाख ९९ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। यसअघि मंगलबार सुनको मूल्य २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा यति ठूलो वृद्धि भएपछि बजारमा चासो बढेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ८२० रुपैयाँ रहेको थियो। हाल सुन–चाँदी दुवैको मूल्य बढेसँगै बजारमा यसको असर देखिन थालेको छ।