प्रधानमन्त्री बालेनले आज राजदूतहरूसँग सामूहिक छलफल गर्ने
Prime TV News १२ घण्टा अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन शाहले आज विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गर्ने भएका छन्। उनको सचिवालयका अनुसार बुधबार दिउँसो १२ बजेपछि सिंहदरबारमा झन्डै २० देशका राजदूतहरूसँग बैठक बस्नेछ।
नेपालमा यसअघि प्रधानमन्त्रीहरूले राजदूतहरूसँग एक–एक गरी भेट्ने चलन थियो। तर यसपटक बालेनले सबैलाई एकै ठाउँमा बोलाएर छलफल गर्न लागेका हुन्।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले यो कदमले कूटनीतिक क्षेत्रमा नयाँ अभ्यास सुरु गर्ने बताएका छन् । चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका बालेनले राजदूतहरूसँग पहिलोपटक यस्तो बैठक गर्न लागेका हुन्। छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन्।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा नेपालको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे जानकारी गराइनेछ।







