अमेरिका र इरानबीच युद्धविराम भएकोमा पाकिस्तानका प्रधानमन्त्रीले दिए धन्यवाद

User Image Prime TV News १४ घण्टा अगाडि
Image of अमेरिका र इरानबीच युद्धविराम भएकोमा  पाकिस्तानका प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाडौ । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले अमेरिका र इरानबीच युद्धविराम भएकोमा धन्यवाद दिएका छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गरिएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत इरानले होर्मुज स्ट्रेट खोल्ने सर्तमा आक्रमण रोक्न सहमति भएको जानकारी दिएका हुन्।

ट्रम्पका अनुसार यो निर्णय पाकिस्तानका प्रधानमन्त्री सरिफ र सेना प्रमुख  असिम मुनिरको आग्रहपछि लिइएको हो। यसअघि ट्रम्पले इरानलाई कडा चेतावनी दिएका थिए। तर समयसीमा सकिनुअघि नै युद्धविरामको सहमति भएको हो।

प्रधानमन्त्री सरिफले अप्रिल १० मा इस्लामाबादमा अमेरिका र इरानका प्रतिनिधिहरूबीच वार्ता हुने बताएका छन्। उनले यस वार्ताबाट स्थायी शान्ति आउने आशा व्यक्त गरेका छन्।