एमालेमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान तीव्र, थापाले बोलाए छलफलका लागि अभियानमा सक्रिय नेताहरूलाई

User Image Prime TV News एक घण्टा अगाडि
Image of एमालेमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान तीव्र, थापाले बोलाए छलफलका लागि अभियानमा सक्रिय नेताहरूलाई

काठमाडौ । नेकपा एमालेमा नेतृत्व परिवर्तनको माग गर्दै विशेष महाधिवेशनको हस्ताक्षर अभियान जारी छ। कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले हस्ताक्षर अभियानमा सक्रिय नेताहरूलाई छलफलका लागि पार्टी केन्द्रीय कार्यालय च्यासल बोलाएका छन्।

छलफलमा बुद्धिजीवि परिषदका अध्यक्ष गजेन्द्र थपलिया, अनेरास्ववियुका उपमहासचिव कमल जोशी र उपमहासचिव उपेन्द्र शाही सहभागी छन्। पार्टीको विधान अनुसार विशेष महाधिवेशनको लागि ५१ प्रतिशत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यको समर्थन चाहिन्छ। अहिलेसम्म करिब ४ सय सदस्यले हस्ताक्षर गरिसकेका छन्।

अभियानका नेताहरूले भनेका छन् कि हालको निर्वाचन परिणाम र नेतृत्वप्रति जनताको अविश्वासलाई मध्यनजर गर्दै पार्टीको भविष्य सुरक्षित गर्न अब युवा नेतृत्व अपरिहार्य भएको छ। विशेष महाधिवेशनको माग दर्ता भए पनि यदि तत्काल आयोजना नगरिए, विधानले व्यवस्था गरेअनुसार माग गर्ने समूह आफैं महाधिवेशन आयोजना गर्न सक्छ।

अभियानकर्ताहरूले यस कदमलाई एमालेको भविष्य सुधार्न र पार्टी बलियो बनाउन आवश्यक भएको बताएका छन्।