चलचित्र विधेयक प्रतिनिधिसभामा पुग्यो

User Image Prime TV News ४ घण्टा अगाडि
Image of चलचित्र विधेयक प्रतिनिधिसभामा पुग्यो

काठमाडौ । राष्ट्रिय सभाबाट पारित भएको चलचित्र विधेयक अब प्रतिनिधिसभामा पुगेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभाका सचिव हर्कराज राईले यो विधेयक आएको जानकारी (सन्देश) सभामा प्रस्तुत गरेका हुन्। यो विधेयक पहिले तत्कालीन मन्त्री पृथ्वीसुब्बा गुरूङले राष्ट्रिय सभामा दर्ता गरेका थिए। राष्ट्रिय सभाले यसलाई छलफल गरेर केही संशोधनसहित पारित गरेको थियो।

अब यो विधेयक प्रतिनिधिसभामा छलफल भएर अगाडि बढ्नेछ। सरकारले पुरानो चलचित्र ऐनलाई समयअनुसार सुधार गर्न यो नयाँ विधेयक ल्याएको हो। यसले चलचित्र क्षेत्रलाई विकास गर्न, नेपाली फिल्मलाई अगाडि बढाउन र नेपाललाई पर्यटनका रूपमा चिनाउन मद्दत गर्ने लक्ष्य राखेको छ।

साथै, चलचित्र प्रदर्शनअघि जाँच गर्ने र स्वदेशी तथा विदेशी चलचित्रलाई व्यवस्थित गर्ने व्यवस्था पनि यसमा राखिएको छ।