उपाध्यक्ष भण्डारीले लिइन पद तथा गोपनीयताको शपथ
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिएकी छन्।
मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष शपथ ग्रहण गरेकी हुन्।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।







