शैक्षिक सत्र अघि भर्ना र अतिरिक्त शुल्क लिने विद्यालयलाई कारबाही

User Image Prime TV News एक दिन अगाडि
Image of शैक्षिक सत्र अघि भर्ना र अतिरिक्त शुल्क लिने विद्यालयलाई कारबाही

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनु अघि विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क लिने विद्यालयहरूलाई कारबाही गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार केही विद्यालयहरूले नियमविपरीत भर्ना सुरु गरेको र अत्यधिक शुल्क लिएको गुनासो आएको छ।

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै देशभरका ७५३ स्थानीय तहमार्फत विद्यालयहरूको अनुगमन गर्न भनेको छ। नियम उल्लंघन गर्ने विद्यालयलाई कारबाहीको दायरामा ल्याउन निर्देशन पनि दिइएको छ।

मन्त्रालयको पत्रमा भनिएको छ कि शैक्षिक सत्र सुरु नहुँदै भर्ना गर्नु, स्वीकृत शीर्षकभन्दा बाहिर शुल्क उठाउनु र एउटै विद्यार्थीलाई पटक–पटक शुल्क लिनु गैरकानुनी हो। साथै, नियमविपरीत लिएको अग्रिम शुल्क तत्काल फिर्ता गराउन र अटेरी गर्ने विद्यालयलाई कठोर कारबाही गर्न मन्त्रालयले भनेको छ।