नेप्से परिसूचक सामान्य घट्यो, बजारमा कारोबारमा गिरावट

User Image Prime TV News ३ घण्टा अगाडि
Image of नेप्से परिसूचक सामान्य घट्यो, बजारमा कारोबारमा गिरावट

काठमाडौ । मंगलबार सेयर बजार सामान्य घटेर बन्द भएको छ। नेप्से परिसूचक आज २.६१ अंकले घटेर २७५७.४० विन्दुमा पुगेको छ।

आज बजारमा १७५ कम्पनीको सेयर मूल्य घटेको, ८२ कम्पनीको बढेको र १२ कम्पनीको स्थिर रहेको छ। सेन्सेटिभ इन्डेक्स पनि ०.७८ अंकले घटेर ४७१.१३ विन्दुमा पुगेको छ। आज ३४५ कम्पनीका १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर ८१ हजार ५८२ पटक खरिद–बिक्री हुँदा ६ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

ध्यानयोग्य कुरा, बजार घटेपनि ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ।