चिनियाँ राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । नेपालका लागि चीनका राजदूत झाङ माओमिङले मंगलबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा राजदूत झाङले नेपालको परराष्ट्रमन्त्री पदभार ग्रहण गरेको अवसरमा चिनियाँ परराष्ट्रमन्त्रीको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार, दुई पक्षबीच नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने, आपसी सहयोग अभिवृद्धि गर्ने र विविध विषयमा छलफल गरिएको छ।







