सरकारले पेट्रोलियममा भन्सार र करमा ५०% छुट दिने निर्णय

User Image Prime TV News २ घण्टा अगाडि
Image of सरकारले पेट्रोलियममा भन्सार र करमा ५०% छुट दिने निर्णय

काठमाडौ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले यो निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्। साथै, छुटको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिने पनि निर्णय भएको छ।

मन्त्री रावलका अनुसार, यो कदम पेट्रोलियम पदार्थको मूल्य समायोजनलाई व्यवहारिक बनाउन लिइएको हो। उनले भनिन्, “मूल्य समायोजनको बाध्यता छ, सरकारले यसलाई लुकाउँदैन।” सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकबाट भएको छ ।

‘पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै मन्त्री रावलले भनिन् ।