किरण पण्डित बने नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर

User Image Prime TV News २ दिन अगाडि
Image of किरण पण्डित बने नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर

काठमाडौ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा किरण पण्डितलाई नियुक्त गरिएको छ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले रिक्त रहेको दुई डेपुटी गभर्नरमध्ये एक पदमा पण्डितको नियुक्ति गर्ने निर्णय गरेको हो। अर्को रिक्त डेपुटी गभर्नर पदमा भने अहिलेसम्म कुनै नियुक्ति गरिएको छैन।