प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरूको वरीयता हेरफेर, सुदन गुरुङ् अब पाँचौ नम्वरमा

User Image Prime TV News २ दिन अगाडि
Image of प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरूको वरीयता हेरफेर, सुदन गुरुङ् अब पाँचौ नम्वरमा

काठमाडौ । प्रधानमन्त्री बालेन शाहले मन्त्रीहरूको वरीयता हेरफेर गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार गृहमन्त्री सुदन गुरुङको वरीयता घटेको छ । मन्त्रिपरिषद्‌को तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरुङलाई अब पाँचौँ स्थानमा राखिएको छ । यही चैत १३ गते मन्त्रिपरिषद् विस्तार गरिँदा गुरुङ तेस्रो वरीयतामा थिए ।

परराष्ट्रमन्त्री शिशिर खनालको वरीयता बढाइएको छ । चौथोमा रहेका उनलाई अब तेस्रो वरीयता दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेनको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।