उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना
Prime TV News २ दिन अगाडि 
काठमाडौ । उपराष्ट्रपति रामसहायप्रसाद यादव सोमबार राति अस्वस्थ भई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।
अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलका अनुसार, यादवको रक्तचाप बढेकाले उनलाई भर्ना गरिएको हो। साथै, उनलाई पेटमा ग्यास भर्नेको समस्या पनि देखिएको थियो। हाल उनका स्वास्थ्य अवस्था सामान्य रहेको छ। कतिपय परीक्षणका रिपोर्ट सामान्य आएका छन् भने केही रिपोर्ट आउन बाँकी छ।
उपचारमा डा. गजुरेल नेतृत्वको टिम र पेटरोग विशेषज्ञ संलग्न छन्। यादवलाई अस्पतालको भीआईपी क्याबिन नम्बर ७०१ मा राखिएको छ।







