सुन र चाँदीको भाउमा सामान्य वृद्धि

User Image Prime TV News ४ घण्टा अगाडि
Image of सुन र चाँदीको भाउमा सामान्य वृद्धि

काठमाडौ । मंगलबार सुन र चाँदीको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो।

आज सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ८ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने सुन २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही दिनदेखि सुनको मूल्यमा सानो उतारचढाव भइरहेको छ।

गत बुधबार सुनको भाउ २ लाख ९० हजार २ सय रुपैयाँ थियो। त्यस्तै, मंगलबार चाँदीको भाउ पनि केही बढेको छ। बजारमा सुनचाँदीको मूल्यमा सामान्य परिवर्तन भइरहे पनि ठूला उतारचढाव भने देखिएको छैन।