बेन्फिकाले कासा पिसा एसीसँग अंक बाड्यो

User Image Prime TV News ४ घण्टा अगाडि
Image of बेन्फिकाले  कासा पिसा एसीसँग अंक बाड्यो

काठमाडौ । बेन्फिकाले पोर्चुगिज शीर्ष डिभिजन लिग प्रिमियरा लिगामा कासा पिसा एसीसँग अंक बाँडेको छ ।

सोमबार कासा पिसाको घरेलु मैदान स्टाडियो मुन्सिपल डे रियो माइओरमा बेन्फिकाले दोस्रो हाफमा अग्रता बनाएको थियो । तर, सम्हालिन नसक्दा कासा पिसाले १–० को स्थितिलाई उल्ट्याउँदै बराबरी गरेको हो ।

६८औँ मिनेटमा रिचार्ड रियोजले गोल गर्दै बेन्फिकालाई अग्रता दिलाएका थिए । ७८औँ मिनेटमा राफाइल ब्रिटोले गोल गर्दै कासा पिसालाई खेलमा फर्काएका थिए । बराबरीसँगै बेन्फिाकाले प्रतियोगितामा ६६ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको बेन्फिाकाले २८ खेल खेल्दा १९ जित र नौ बराबरीसहित यो नतिजा आत्मसात् गरेको हो ।

कासा पिसाले २५ अंक जोडेको छ । कासा पिसाले २७ खेल खेल्दा पाँच जित, १० बराबरी र १२ हारसहित यो नतिजा आत्मसात् गरेको हो ।