सरकारले ६ देशका नेपाली राजदूत फिर्ता बोलायो

User Image Prime TV News २ दिन अगाडि
Image of सरकारले ६ देशका नेपाली राजदूत फिर्ता बोलायो

काठमाडौ । नेपाल सरकारले राजनीतिक कोटामा नियुक्त भएका ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयले यो निर्णय कार्यान्वयनमा ल्याएको हो।

सरकारले भारत, अस्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, दक्षिण अफ्रिका र श्रीलंकामा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाएको हो। फिर्ता बोलाइएकामा चित्रलेखा यादव, डा. शंकर शर्मा, सुम्निमा तुलाधार, शिवमाया तुम्बाहाङ्फे, कपिलमान श्रेष्ठ र पूर्णबहादुर नेपाली रहेका छन्।

मन्त्रिपरिषद्को चैत २२ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। त्यसपछि मन्त्रालयले चैत २३ गते उनीहरूलाई एक महिनाभित्र नेपाल फर्किन निर्देशन दिँदै पत्र पठाएको छ।