देशभर मौसम बदली, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
Prime TV News २ दिन अगाडि 
काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली भएको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ।
आज दिउँसो पनि हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। ती क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ। साथै, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि बदली हुने अनुमान गरिएको छ।
रातिको समयमा पनि पहाडी र हिमाली भूभागका केही स्थानमा चट्याङसहित वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।







