प्रतिनिधिसभा बैठक आज बस्दै, तीन विधेयक पेश हुने
Prime TV News २ दिन अगाडि 
काठमाडौ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारमा सुरु हुनेछ । संसद् सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ पेश गरिनेछ।
यसैगरी, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ पनि पेश हुने सम्भावित कार्यसूचीमा छन्। यी विधेयकले पर्यटन र चलचित्र क्षेत्रलाई व्यवस्थित गर्न सहयोग गर्ने विश्वास गरिएको छ।







