प्रतिनिधि सभाबाट तीनवटा महत्त्वपूर्ण अध्यादेश स्वीकृत
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । प्रतिनिधि सभाले तीनवटा महत्त्वपूर्ण अध्यादेश स्वीकृत गरेको छ।
प्रतिनिधि सभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले पेस गरेका ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’, र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ सबै सर्वसम्मतिले स्वीकृत भएका हुन्।
गृहमन्त्री गुरुङले तीनवटै अध्यादेश स्वीकृत गर्नका लागि प्रस्ताव गरेका थिए । यस निर्णयसँगै, आगामी निर्वाचन प्रक्रियामा सुधार र नेपाल विशेष सेवामा केही प्रावधानको परिमार्जन हुनेछ।







