तटस्थ र निष्पक्ष भूमिका निर्वाह गर्छुः सभामुख डोलप्रसाद अर्याल

User Image Prime TV News ४ दिन अगाडि
Image of तटस्थ र निष्पक्ष भूमिका निर्वाह गर्छुः सभामुख डोलप्रसाद अर्याल

काठमाडौ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबारको बैठकमा बोल्दै उनले भने, "म आफ्नो भूमिका दलगत विचार र पक्षपातीको आधारमा होइन, तटस्थ र निष्पक्ष भएर निर्वाह गर्नेछु।"

अर्यालले सदनको कार्यसम्पादनलाई प्रभावकारी र उत्तरदायी बनाउन आफ्नो दायित्व पूरा गर्ने बताएका छन्। "सदनको कार्यदिशा र परिणाम प्राप्तिका लागि महत्त्वपूर्ण कानुन निर्माण र परिमार्जन आवश्यक छ," उनले भने, "संसद्लाई निष्क्रियता होइन, कार्यसम्पादनको थलो बनाउनु पर्छ।"

सभामुख अर्यालले दलगत आधारमा भेदभाव नगर्ने पनि स्पष्ट पारेका छन्। "मैले सभामुखको आसनमा बस्दा कुनै दलको पक्षपाती भएर काम गर्दिन, सबै सदस्यको आवाज समान सम्मान प्राप्त हुनेछ," उनले थपे।

उनले संसदलाई जनमुखी बनाउने र लोकतान्त्रिक प्रक्रिया सुनिश्चित गर्ने सन्देश दिएका छन्, जसले सदनको प्रभावकारिता र कार्यसम्पादनलाई मजबुत बनाउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।