लीलाकुमारी भण्डारी राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्। आजको राष्ट्रियसभाको बैठकमा भण्डारीको निर्वाचन घोषणा गरिएको हो ।
उपाध्यक्षको पदका लागि राष्ट्रियसभाका दलहरूको सहमतिमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो। उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल रहेका थिए।
भण्डारीलाई समर्थन गर्नेमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह गरिमाले रहेका थिए।







