विदेशी ऋण लिने सरकारको निर्णयप्रति आपत्ति राप्रपाको आपत्ति
Prime TV News २ दिन अगाडि 
काठमाडौ । राप्रपाकी सांसद खुस्बु ओलीले नेपाल सरकारको विदेशी ऋण लिने निर्णयप्रति आपत्ति जनाउँदै सो निर्णयको पारदर्शिता र आधारबारे प्रश्न उठाएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले लिएको ऋणको नीतिगत आधार के हो भन्ने स्पष्ट पार्न सरकारसँग जवाफ माग गरिन्।
"हाम्रो संसद अझै शिशु अवस्थामा छ। संसदीय समितिहरू र उपसमितिहरू बनाइएका छैनन्। यस्तो अवस्थामा, सरकारले गरेको निर्णय पारदर्शी नहुने सम्भावना छ," ओलीले भने। उनीसँगै, उनले ऋणको प्रस्ताव सरकारले आफैं पठाएको हो कि संसदले माग गरेको थियो भन्ने प्रश्न उठाइन्।
खुस्बु ओलीले सरकारको बजेट वितरणमा समानता र एकरूपता ल्याउनुपर्नेमा पनि जोड दिइन्। उनले सरकारलाई चेतावनी दिँदै भनिन्, "यदि सरकारले समानता नल्याएमा, यो जनताको विश्वास र समर्थन गुमाउन सक्छ।"
यसका साथै, ओलीले मध्यपूर्वको तनावको प्रभाव नेपालमा पनि परेको भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन र जनतालाई सहुलियत दिन सरकारसँग आग्रह गरिन्। "आजको परिस्थिति र मध्यपूर्वको तनावका कारण जनताले भान्छामा असर भोगिरहेका छन्, त्यसैले सरकारलाई पेट्रोलियम पदार्थको कर घटाउने निर्णय लिनुपर्छ," उनले भनिन्।







