सरकारले स्टन्ट गरेर समय बर्बाद नगरोस्ः नेकपा

User Image Prime TV News २ दिन अगाडि
Image of सरकारले स्टन्ट गरेर समय बर्बाद नगरोस्ः नेकपा

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई जनअपेक्षित काममा ध्यान दिन आग्रह गरेका छन्। उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै भने, "यो संसद् केवल बहुमतको आधारमा काम गर्ने थलो नहुनु पर्छ, यो जनताको आवाज सुन्ने र कार्यान्वयन गर्ने स्थान बन्नुपर्छ।"

दुलालले नेपालका नवयुवाहरूले भ्रष्टाचार र विकृति विरुद्ध संघर्ष गर्दै सारा नागरिकहरूको भावनाको प्रतिनिधित्व गरेको पनि बताए। उनले भने, "नवयुवाहरूले यो व्यवस्थाका विरुद्ध होइन, हाम्रो अवस्थाका विरुद्ध संघर्ष गरेका थिए।"

सचेतक दुलालले सरकारलाई संविधानको अवलोकन गर्न र समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण गर्ने दिशामा ध्यान दिन आग्रह गरे। उनले चेतावनी दिँदै भने, "सरकारले स्टन्ट गरेर समय बर्बाद नगर्नुहोस्। यदि राज्यको समय ट्रायल र स्टन्टमा खर्च भयो भने, हामीले जनताको भावनालाई सम्बोधन गर्न सक्ने अवस्था आउँदैन।"

उनले सरकारको नेतृत्वद्वारा विभेदमा परेका वर्गहरूसँग माफी मागेको कार्यलाई स्वागतयोग्य भनेका छन्। यसका साथै, दुलालले चुनावमा जनताको गुनासो र संविधान संशोधनको विषय पनि उठाएका छन्।