गृहमन्त्री गुरुङले गरे राष्ट्रिय परिचयपत्र कार्यालय र पञ्जीकरण विभागको आकस्मिक अनुगमन
Prime TV News २ दिन अगाडि 
काठमाडौ । गृहमन्त्री सुधन गुरुङले सोमबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र कार्यालय र कालिकास्थानस्थित पञ्जीकरण विभागको आकस्मिक अनुगमन गरेका छन्।
मन्त्री गुरुङले दुवै कार्यालयमा गएर त्यहाँ दिइने सेवाबारे जानकारी लिएका छन्। उनले कर्मचारीहरूको अनुशासन र वेबसाइट ह्याकको समस्याबारे पनि छलफल गरेका छन्। विशेष गरी, उनले परिचयपत्र वितरणमा भइरहेको ढिलाइ र नागरिकलाई भएको सास्तीलाई चाँडो र छरितो बनाउने बारेमा चासो व्यक्त गरेका छन्।
गृहमन्त्री गुरुङको यो अनुगमनले सरकारी सेवामा सुधार ल्याउने र नागरिकलाई राम्रो सेवा पुर्याउने प्रयासको संकेत दिएको छ।







