इराकमा अमेरिकी केन्द्रमा हमला, अमेरिका कडा प्रतिक्रिया

User Image Prime TV News एक घण्टा अगाडि
Image of इराकमा अमेरिकी केन्द्रमा हमला, अमेरिका कडा प्रतिक्रिया

काठमाडौ । इराक मा इरानसँग सम्बन्धित मिलिसिया समूहहरूले अमेरिकी कूटनीतिक केन्द्र र अधिकारीहरूमाथि राति दुई पटक हमला गरेका छन्। अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार घटनाको पुष्टि अमेरिकी विदेश मन्त्रालयले गरेको हो।

संयुक्त राज्य अमेरिका ले यस घटनालाई गम्भीर भन्दै कडा आपत्ति जनाएको छ। अमेरिकाले इराक सरकारलाई तुरुन्त छानबिन गरेर दोषीमाथि कारबाही गर्न आग्रह गरेको छ। साथै, आफ्ना कर्मचारी र दूतावासको सुरक्षाका लागि आवश्यक परे कडा कदम चाल्ने चेतावनी दिएको छ।

हमला कहाँ–कहाँ भयो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन। तर यसअघि बगदाद स्थित अमेरिकी दूतावास र अर्बिल स्थित कन्सुल कार्यालयमा पटक–पटक हमला हुँदै आएको छ। घटनाबारे जानकारी दिने व्यक्तिलाई अमेरिकाले ३० लाख डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।

यसैबीच संयुक्त अरब इमिरेट्सले पनि आफ्नो सुरक्षा सतर्क बनाएको छ। त्यहाँको रक्षा मन्त्रालयले मिसाइल र ड्रोन खतरा देखिएपछि वायु रक्षा प्रणालीमार्फत आक्रमण रोकिएको जनाएको छ।