सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म

User Image Prime TV News एक घण्टा अगाडि
Image of सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म

काठमाडौ । सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने भएका छन् । सरकारको यो निर्णयसँगै सिंहदरबार लगायत सरकारी कार्यलयमा बिहान ८ बजे देखि नै आउनेको चहलपहल सुरु भएकाे छ ।

मन्त्रिपरिषदको हिजो बसेको बैठकले आजदेखि सरकारी कार्यालयहरु बिहान ९ देखि साँझ पाँच बजेसम्म खुल्ला हुने निर्णय गरेको थियो । यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो ।

सरकारले इन्धन खपत कम गर्नका लागि सरकारी कार्यालय र शैक्षिक संस्था शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णयसँगै सरकारी कार्यालय सातामा ५ दिन ८ घण्टा खुल्ने भएको हो । सरकारको यो निर्णय राजपत्रमा प्रकाशित भइसकेको छ ।