पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको रिट सुनुवाइ भोलिका लागि सारियो

User Image Prime TV News ४ घण्टा अगाडि
Image of पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको रिट सुनुवाइ भोलिका लागि सारियो

काठमाडौ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ भोलिका लागि हेर्दाहेर्दैमा राखेको छ।

आइतबार सुनुवाइका लागि पेसी तोकिएको थियो, तर सुनुवाइ सकिन नसक्दा यो भोलिका लागि सारिएको हो। गत चैत १४ गते, जेनजी आन्दोलनको घटनाको अनुसन्धान गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै दुवैलाई पक्राउ गरिएको थियो।

आयोगले भदौ २३–२४ को आन्दोलनमा दमनमा उनीहरू जिम्मेवार भएको ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। उनको तर्फबाट ओलीको वकिल राधिका शाक्य र लेखकको वकिल यशोदा लेखकले निवेदन दर्ता गराएकी थिइन्।