पूर्वऊर्जामन्त्री दीपक खड्कालाई सात दिन थुनामा राख्ने अनुमति

User Image Prime TV News ६ घण्टा अगाडि
Image of पूर्वऊर्जामन्त्री दीपक खड्कालाई सात दिन थुनामा राख्ने अनुमति

काठमाडौ । अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई सात दिन थुनामा राख्न अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा राख्न अनुमति दिएको हो। खड्कालाई गत चैत १५ गते पक्राउ गरिएको थियो। उनमाथि पदीय हैसियतमा आर्जन गरेको सम्पत्ति र जेनजी आन्दोलनका बेला उनका घरमा आगजनी हुँदा फेला परेको रकमबारे अनुसन्धान भइरहेको छ।

अदालतको निर्णयअनुसार अनुसन्धानको क्रममा थप छानबिन जारी रहनेछ।