शंकरलाल अग्रवाल रिहा, सुलभ अग्रवालमाथि अनुसन्धान जारी
Prime TV News १० घण्टा अगाडि 
काठमाडौ । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई बयानपछि रिहा गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार, शुक्रबार पक्राउ परेका अग्रवालको बयान सकिएपछि सोमबार उनलाई थुनामुक्त गरिएको हो।
विभाग प्रमुख गजेन्द्र ठाकुरले शंकरलाललाई थप हिरासतमा राख्न आवश्यक नदेखिएको बताए। तर उनका छोरा सुलभ अग्रवाललाई भने थुनामै राखेर अनुसन्धान जारी राखिएको छ। उनी आइतबार विभागको सम्पर्कमा पुगेका थिए।
विभागले सुलभमाथि थप छानबिन आवश्यक रहेको जनाएको छ।







